देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित

0

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको रोमाञ्चक खेलमा राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरी दोस्रो जित हात पारेको हो ।

यूएईको सारजाह क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गऱ्यो । आइपीएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल हो ।

यसअघि आइपीएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो । राजस्थानले सन् २००८ को आइपीएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो ।

राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दै पेभेलियन फर्किए । राहुल टेवाटिया ३१ बलमा ७ छक्का ५३ रनको महत्त्वपूर्ण योगदान दिए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । यसअघि जोस बटलर ४ रनमै आउट भए पनि स्मिथले ५० र सामसनले ८५ रन बनाउँदै राजस्थानको आस जीवितै बनाएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबका मायंकले कप्तान केएल राहुलसँग पहिलो विकेटमा १७ ओभरभित्र १ सय ८३ रनको साझेदारी गरेका थिए । मायंकलाई टम कुरानले आउट गरी यो साझेदारी तोडेका थिए । उनले ५० बल खेली १० चौका र ७ छक्का प्रहार गरे । राहुलले ६९ रन बनाउने क्रममा ५४ बल खेली ७ चौका र १ छक्का प्रहार गरे । ग्लेन म्याक्सवेल ९ बलमा १३ र निकोलस पूरन ८ बलमा १ चौका र ३ छक्का प्रहार गरी २५ रनमा अविजित रहे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार