देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

किन एमसीसी टेबुल गर्नबाट पछि हटे प्रधानमन्त्री देउवा ?

0

काठमाडौं – सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले साथ नदिँदा सरकारले बुधबार अमेरिकी सहयोग परियोजना एमसीसी सदनमा टेबुल गर्न सकेन ।

पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमै सरकारले बुधबार सदनमा एमसीसी प्रस्ताव पेश नगरेको हो ।

माओवादीले यथास्थितिमा एमसीसी सदनबाट अनुमोदन गर्न नसकिने र जबरजस्ती पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएपछि देउवा पछि हटेका हुन् । बिहिबार सत्ता गठबन्धनको निर्णायक बैठक बसेर यस बिषयमा निर्णय लिने सहमति भएको छ ।

यसैबिच नेपाली कांग्रेसका नेता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतिमै एमसिसी प्रतिनिधिसभामा पेस हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी सहमतिमै फागुन ६ गते संसद बैठकमा टेबुल गर्ने बताएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार