देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

किन बसिन करिश्मा मानन्धर एकान्तबासमा ?

0

काठमाडौंँ – चर्चित अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । नायिका मानन्धरले सामाजिक संजालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ  र अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएकोकारण उनले केही दिन एकान्तबास गर्ने निर्णय गरेकी हुन् । उनले कन्ट्याक्ट ट्रेसिङमा परेकोबारे भने केही खुलाएकी छैनन् ।

‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु’ उनले अगाडि लेखेकी छन् ‘दिनहु दुई पटक बाफ लिने गरौं ।’ अभिनेत्री करिश्माले सबैलाई सुरक्षा विधिहरु अनिवार्य रूपमा पालन गर्न समेत अनुरोध गरेकी छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार