देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

किन विवादित बन्यो ‘दोहोरी च्याम्पियन’ ?

0

काठमाडौं – गत शनिबारदेखी नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ आलोचित बनेको छ ।विशेषत शो’का जज चन्द्र शर्मा रमेश बिजी र प्रजापति पराजुली गरेको टिप्पणीले निकै विवाद निम्त्याएको छ । यसरी कसैको शारीरिक बनावट र उसको व्यक्तित्वमा आच आउने गरी बोल्न नहुने भन्दै सामाजिक सञ्जालमा चर्को आलेचना हुन थालेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बिजी, लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा जज रहेको शो’मा सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् ।

हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनमा आइरहेको दोहोरी क्षेत्रको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को पहिलो श्रिङ्खला नै निकै विवादित बन्न पुगेको हो ।युट्युबमा प्रसारण गर्ने बित्तिकै धेरैं दर्शक तथा स्रोताहरुको नकारात्मक प्रतिक्रियाको ओइरो लाग्न शुरू गरेको शो यसरी विवादित बन्नुको प्रमुख कारण यसका जजहरु नै हुन् ।

लामो समयदेखि लोकदोहोरी क्षेत्रमा स्थापित मानिने कलाकारको ‘दोहोरी च्याम्पियन’मा जज गर्ने शैली नमिलेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो ।

शो’मा प्रतिष्पर्धीको रूपमा प्रस्तुति दिने क्रममा विगत केही वर्ष यता लोकदोहोरी क्षेत्रमा आफ्नो राम्रो पहुँच बनाउन सफल गायिका कल्पना दाहाललाई ‘दोहोरीमा भाइरल साइरल’ भएको भन्दै जजको भुमिकामा रहेका चन्द्र शर्माले गरेको टिप्पणी र शो’मा सहभागी अर्का गायक प्रदिप रोकालाई गरेको टिप्पणीका साथै सहभागिहरुको शारीरिक बनावट, कपाल, लुगा, जुत्तालाई औल्याउदै दिएको प्रतिक्रियाले जजहरु निकै विवादित बन्न पुगेका हुन् ।

पारिवारिक शोकको बेलामा पनि साहसका साथ केही समय पहिले आयोजित काठे दोहोरी प्रतियोगितामा सहभागी भइ प्रथम पुरस्कार लिन सफल गायिका कल्पनालाई नचिन्ने लोकदोहोरीका पारखी विरलै होलान् । तर जजले भने उनलाई भाइरल साइरल भन्दै होच्याएको कुरा दर्शकलाई अपाच्य हुँदा यसले विवादको रुप लिएको हो । यो घटनालाई नजिकबाट नियाल्दा निर्णायकको भुमिकामा रहेकाहरुले सहभागी गायक गायिकालाई नजरअन्दाज गरेको सहजै बुझ्न सकिन्छ ।

नेपालमा वर्षेनि विभिन्न किसिमका रियालिटी शोहरु भइ रहन्छन् । तर सामान्य कुरामा विवाद आएपनि यसरी जज नै विवादित शो सायदै होलान् ।

समयको माग र दर्शकको भावना बुझ्न नसक्ने जजबाट हामीले के अपेक्षा राख्ने भन्ने सन्दर्भमा क्रममा कार्यक्रम सञ्चालक बद्री पङ्गेनीले यो विवादबाट धेरैले पाठ सिकेको र गल्तीलाई सुधार्दै लैजानु नै बुद्धिमानि हुने कुरामा जोड दिदै भन्छन्, ‘दर्शकको इच्छा विपरित कुनै गल्ती भएमा क्षमा चाहन्छु ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार