देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

किरण गौतमको पछिल्लो प्रस्तुति “ए साइँली” बजारमा (भिडियो सहित)

0

काठमाण्डौ – बिगत लामो समय देखि नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा यात्रा गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गरेका लोकप्रिय गायक तथा सर्जक किरण गौतमले फेरी आफ्नो उत्कृष्ट प्रस्तुति “ए साइँली” बोलको गीत बजारमा ल्याएका छन् । उनका हरेक प्रस्तुति फरक हुने कारणले विगतका प्रस्तुतिमा जस्तै यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेछ भन्नेकुरामा किरण ढुक्क रहेका छन् ।

गीतलाई किरण गौतमको आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । प्रस्तुत गीतमा किरण गौतम र गिता देबीको सुमधुर स्वर सुन्न सकिन्छ भने लय शब्द किरण गौतमको रहेको छ ।

गीतको आकर्षण जस्तै म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनाइएको छ । “ए साइँली” बोलको गीतको म्युजिक भिडियो हेर्दा कुनै जात्रा तथा मेला पर्वमा सरिक भएको जो कोहीलाई पनि महसुस हुन सक्दछ । भिडियोमा रेशम थापा, सोनी बि.सी., बिकास शिलवाल, भिमसेन खतिवडा, सबिन गौतम, जीवन हुमागाई लगायत कलाकरको अभिनय देख्न सकिन्छ । भिडियो निरेन श्रेष्ठको निर्देशनमा तयार भएको हो । भिडियोमा मरुभूमि नारायणको छायाँकन तथा रोशन धितालको सम्पादनमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार