देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

किर्गिस्तानका अवैतनिक दूत शंकर अग्रवाल पक्राउ

0

(काठमाडौं) – ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने ४३ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका–१ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको छ । नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत समेत रहेका अग्रवालले ३ हजारमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरेका थिए ।

उनको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ । अग्रवाललाई निजले प्रयोग गर्ने २०९–एच.सि.सि–१ नम्बर भएको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुबिसी पजेरो गाडी र उक्त गाडीको डिकीमा राखिएको थर्मल गन ६७ थान सहित महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

गत सातामात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाज मार्फत् चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको छ । अपराध महाशाखाका एसएसपी सहकुल थापाले अग्रवाललाई कालोबजारीको कसुरमा पक्राउ गरिएको बताए । अग्रवालले बढी मूल्यमा थर्मल गन बेचेको थाहा पाएपछि प्रहरी अनुसन्धान गर्न ग्राहक बनेर गएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार