देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘किसानको अनुदान पनि झोलामा,खोला पनि झोलामा भएकोले कृषकहरूलाई समस्या भयो’ – राष्ट्रपति

0

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको पहिचान र उत्पादनमा हाम्रो लगाव  कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन्।

७१ औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बुधवार शितल निवासमा आयोजना गरेको कार्यक्रममा उनले पछिल्ला वर्षहरूमा नेपालको कृषि क्षेत्र कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले किसानले पाउनु पर्ने अनुदान झोलामै र खोला पनि झोलामै हुनु आजको समस्या भएको बताइन्। ‘किसानलाई दिनु पर्ने अनुदान पनि झोलामा,खोला पनि झोलामा भएका कारण कृषकहरूलाई समस्या भयो, यसको सुधार गर्न आवश्यक छ,’  उनले भनिन्।

आफू पनि किसान परिवारबाट आएको व्यक्ति बताउँदै राष्ट्रपति भण्डारीले नेपालको कृषि क्षेत्रको व्यापक सुधार आजको खाँचो भएको बताइन्। उनले भनिन्,‘म पनि किसान परिवारबाटै आएको हुँ, मलाई कृषि पेशाका धेरै समस्याहरू थाहा छन्,हाम्रो कृषि क्षेत्रका समस्याहरू सुधार नगरेसम्म हाम्रो उत्पादन प्रणाली राम्रो हुँदैन।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार