देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कि तपाईंहरु मिलेर आउनुस्, कि मलाई सघाउनुस्’ – नेता पौडेल

0

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टिको आसन्न महाधिबेशनमा आफू सभापति हुन चाहेको बताएका छन् ।

आफूनिकट नेताहरुसँगको छलफलमा वरिष्ठ नेता पौडेलले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाए सभापति जितेर पार्टीलाई संसदीय निर्वाचनमा पहिलो बनाउने बताएका हुन् ।

एउटा महाधिवेशनमा पराजित हुँदैमा अयोग्य नहुने भन्दै पौडेलले साझा उम्मेदवार बनाउन निरन्तर संवाद गर्नुपर्ने उल्लेख गरे । ‘म सभापति हारेपछि सेलाएर बसेको छैन । निरन्तर सक्रिय नै छु । त्यसैले मलाई अस्वीकार गर्न भएन । कि तपाईंहरुमध्ये एकजना मिलेर आउनुस्, कि मलाई सघाउनुस्’, बैठकमा पौडेलले भने ।

‘सहमतिका लागि म सधै उदार छु । म सधैंका लागि सभापति बन्नेपनि होइन । मेरो नेतृत्वमा आगामि निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउँछु । त्यसपछि तत्काल नेतृत्व हस्तान्तरण गर्न म सकरात्मक छु’, पौडेलले भने ।

उनले टिमभित्र सहमति जुटाउन आफू लचक रहेको भन्दै आफूबाहेकका दावेदारको नाममा सहमति भएपनि स्वीकार गर्ने बताए । ‘शशांक, प्रकाशमान र शेखरजीबीच आपसमा सहमति हुन्छ भनेपनि म मान्छु तर सहमति भएन भने एक्लाएक्लै लड्नुभन्दा मेरो नेतृत्व स्वीकार गर्न सबैलाई सहज होला’, पौडेलले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार