देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुखुराको मासुमा कालोबजारी गर्ने व्यापारीलाई २ लाख जरिवाना

0

(काठमाडौं) – कुखुराको मासुमा कालोबजार गर्ने एक व्यवसायीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३१ विजयनगर स्थित मुस्कान मासु पसल सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

बजार मूल्य भन्दा बढी शुल्क लिएर मासु बिक्री गर्ने गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) क ३८ (ङ) को कसुरमा ३८ (ख) बमोजिम २ लाख रुपैयाँ तिराएको विभागले जनाएको छ ।

लकडाउनको बेला व्यापारीबाट उपभोक्तालाई गठीन नदिन विभागले लकडाउनका बेला पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । विभागले खाद्य, तरकारी तथा फलफूल, ग्यास उद्योग, डिपो लगायतमा अनुगमन जारी राखेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार