देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुटपिट गरी घाइते बनाएको अभियोगमा ७ जना पक्राउ

0

दाङ – कुटपिट गरी घाइते बनाएको अभियोगमा ७ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका-१० नारायणपुर बस्ने १८ वर्षीय निराजन चौधरीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुरका–१० का ४२ वर्षीय सुशिल चौधरी, २२ वर्षीय विजय चौधरी, २३ वर्षीय अशोक चौधरी, १८ वर्षीय तिलक चौधरी, २१ वर्षीय सुनिल चौधरी, २८ वर्षीय पवन चौधरी र १९ वर्षीय आशिष चौधरी छन् ।

घोराही उपमहानगरपालिका-१५ पाठक चोकमा प्रवीण समेतका १० जनाले निराजनलाई कुटपिट गरी घाइते बनाएका थिए । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेको छ ।

कुटपिटमा संलग्न अन्य ४ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार