देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुटपिट गरी श्रीमतीको हत्या गर्ने एक पक्राउ

0

(धनुषा) – कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा धनुषाबाट एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका–५ बस्ने २५ वर्षीय सुरेश सदा रहेका छन् ।

आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय सुगानिकाशबाट र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार