देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुटपिट गरी हत्या गरेको अभियोगमा एक पक्राउ

0

ललितपुर – कुटपिट गरी हत्या गरेको अभियोगमा ललितपुरको गोदावरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका-८ घर भई हाल गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २८ वर्षीय मिलन रानामगर रहेका छन् ।

गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने सिन्धुली फिकल गाउँपालिका-४ घर भएका ३७ वर्षीय कुमार भन्ने नारायण बहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रानामगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

युवतीको विषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेपछि फरार रहेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले रानामगरलाई नियन्त्रणमा लिएको हो ।

रानामगरलाई नियन्त्रणमा लिई श्रेष्ठको खोजी गर्ने क्रममा गोदावरी नगरपालिका-११ बज्रबाराही गुम्बा पछाडी तोरीबारीमा शुक्रबार साँझ श्रेष्ठको शव फेला पारेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार