देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुटपिट गरी हत्या गरेको अभियोगमा एक पक्राउ

0

रोल्पा – कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा परिर्वतन गाउँपालिका-२ बागमारा बस्ने ४४ वर्षीय रामचरण बादीलाई रहेका छन् ।

परिर्वतन गाउँपालिका-२ बागमारा बादी टोल बस्ने ४० वर्षीय मन बहादुर बादीको हत्या गरेको अभियोगमा बादीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मन बहादुरलाई एक्कासी चिरपट दाउराले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो ।

प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले रामचरण बादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार