देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कुनै हालतमा राजीनामा दिन्नँ’ – प्रधानन्यायाधीश राणा

0

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले कुनैपनी हालतमा राजीनामा नदिने बताएका छन् ।

कानून व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले राजीनामा नदिने प्रष्ट पार्दै संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत संचालन गर्ने बताएका हुन् ।

प्रधानन्यायाधीश राणाले आफू संविधानबमोजिम नियुक्त भएकाले संविधानबाहिरबाट दिइने दबाब र आन्दोलनसामु नझुक्ने प्रष्ट पारेका छन् ।

अभियानको तर्फबाट संयोजक तथा अधिवक्ता शिव अर्यालले ज्ञापनपत्र बुझाउँदै १८ दिनदेखि सर्वोच्चका न्यायाधीशहरूको हड्तालका कारण इजलास नबसेको र त्यसबाट सेवाग्राही मर्कामा परेको भन्दै इजलास तत्काल सुचारु गर्न माग गरेका थिए ।

कांग्रेस, एमाले, नेकपा एसलगायतका दलसँग आबद्ध वकिलहरूले बार आन्दोलनको विरुद्ध अभियान चलाइरहेका छन् । उनीहरूले प्रधानन्यायाधीशको असंवैधानिकरूपमा बहिर्गमन स्वीकार्य नहुने बताएका छन् ।

राणाले अदालतमा अब सबै इजलासहरू निरन्तर चल्ने र असंवैधानिक कुनै पनि दबाब स्वीकार नगर्ने बताएको भेटमा सहभागी अधिवक्ता बसन्त बस्नेतले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार