देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुलदेउतालाई बलि दिन भन्दै मामाले गरे भान्जाको हत्या

0

काठमाडौं – सल्यानमा आफ्नै मामाले कुलदेउतालाई बलि दिन भन्दै ७ वर्षका भान्जाको हत्या गरेका छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा निवासी २४ वर्षीय डम्बर पुरीले सहोदर ठूलदिदीको छोरा रिजन घर्तीलाई घरको कुलदेउताको थानमा लगेर हत्या गरेको वडा अध्यक्ष मोतीलाल घर्तीले जानकारी दिए ।

‘आफ्नै छोरासंग खेलिरहेको भान्जालाई दिउँसो १ बजे कुलदेउताको थानमा लगेर खुर्पाले काटेछ ।’ वडा अध्यक्ष घर्ती भन्छन् ‘छोराले देखेर बाबाले रिजनलाई काट्यो भन्दै चिच्याउँदै दौडेपछि बालकको आमा जाँदा उनलाई पनि खुर्पाले लखेटेपछि गाउँले सबै मिलेर समातेर प्रहरीलाई बुझाए छन् ।’

आरोपीलाई प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मानसीक सुन्तलन गुमेको भनिए पनि स्वास्थ्य परीक्षण पछि मात्रै थाहा हुने प्रहरीको बताएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार