देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुलदेवताको मन्दिर उद्घाटन गर्न राष्ट्रपति

0
<p>फोटो &#8211; कान्तिपुर</p>

फोटो – कान्तिपुर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको (देवाली) गर्ने मन्दिर उद्घाटन गरेकी छन् । मैनाली थरका सम्प्रदायले कुलपूजा (देवाली) गर्ने मन्दिर राष्ट्रपति भण्डारीले नमोबुद्ध–५, कानपुरमा उद्घाटन गरेकी हुन् ।

२०७२ सालको भूकम्पमा क्षति भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाख ७७ हजारको लगानीमा पुनर्निर्माण गरिएको मन्दिर उद्घाटनको आयोजक नमोबुद्ध नगरपालिका थियो ।

वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो । सरकारी उच्च ओहोदामा पुगेका यहाँका मैनालीले आफ्नो कुलदेवताको मन्दिर राष्ट्रप्रमुखबाट उद्घाटन गराउँदै आएका छन् ।

यसअघि २०६९ वैशाख १ गते पूर्वराष्ट्रपति रामवरण यादवले कानपुरमै रहेको मैनालीले देवाली गर्दैआएको कालीदेविकै अर्को मन्दिर उद्घाटन गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार