देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुलमान घिसिङलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्छ – प्रेम सुवाल

0

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपाका) अध्यक्ष प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गरेर छानबिन गर्न माग गगरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सुवालले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध डेडिकेटेड र ट्रङकलाइन विद्युत् उपभोग गरेकाहरूसँग अर्बाैं रुपियाँ असुल नगरेको, चिलिमे त्रिशूली प्रशारण लाइनको ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेकोलगायतका आरोप लगाउँदै उनलाई तत्काल पदबाट निलम्बन गरी छानबिन गर्न माग गरेका हुन्।

सांसद सुवालले घिसिङसँगका मिलेमतोमा मुख्य सचिव बैकुण्ठ अर्यालले डेडिकेटेड फिडर तथा टंकलाईनको विद्युत् महसुल असुल गर्ने सम्बन्धमा लाल आयोगको प्रतिवेदनअनुसार गर्ने मन्त्रिपरिषद्को बैठकको निर्णयको किर्ते निर्णय बनाएर सकुर्लर गरेको सक्कली र नक्कली पत्रसहितको समाचारहरू पत्रपत्रिकामा प्रकाशित भएको भन्दै त्यसको छानबिन हुनुपर्नेमा जोड दिए।

संसद्को बैठकलाई सम्बोधन गर्दै सांसद सुवालले भने – ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध डेडिकेटेड र ट्रंक लाइन विद्युत् उपभोग गरेका उद्योगहरूसँग २०/२५ अर्ब रुपियाँ असुल नगरेको, चिलिमे त्रिशूली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको, ६ अर्ब रुपियाँको ट्रान्सफर्मर खरिद गर्दा कमिसनको पछि लागेको, विद्युत् नियमन आयोगको सिफारिस बिना पीपीए गरी राज्यलाई करोडौं रुपियाँको नोक्सानी पुर्‍याएको, ५५ करोड रुपियाँको लामा कन्ट्रक्सनको सेयर नौ करोड रुपियाँमा खरीद गरेर भ्रष्टाचारको रकमलाई सम्पत्ति शुद्धीकरण गरेको जस्ता विविध आरोप लागेको हुँदा कार्यकारी निर्देशक घिसिङलाई निलम्बन गरी छानबिन गर्नु जरुरी छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार