देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुवाङ भन्ने ठाउँमा भेटियो दुर्घटनाग्रस्त तारा एयरको जहाज

0

काठमाडौं – नेपाली सेनाले मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटना स्थल पत्ता लगाएको जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फतदुर्घटनास्थल पत्ता लागेको  र यसबारे थप विवरण आउन बाँकी रहेको बताएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फतदुर्घटनास्थल पत्ता लागेको  र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन्।

आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको ल्याङकु खोलाको मुहान क्षेत्र कुवाङ भन्ने ठाउँमा दुर्घटना अवस्थामा भेटिएको हो।

स्थानीयवासी दुर्घटनास्थलबारे सुरक्षाकर्मीहरुलाई जानकारी गराएका छन् ।कुवाङमा विमान भेटिएको जानकारी पछि सुरक्षाकर्मी दुर्घटनास्थलतर्फ लागेका छन् ।

आईतबार विहानदेखि सम्पर्कविहिन विमानको खोजीमा सोमबार विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरु लागेका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार