देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कृषिबन र यसको महत्व

0

कृषिवन Agroforestry भनेको केहो ?

कृषिबन भन्नाले एउटै जमिनमा एकै समयमा वनबाली (डालेघाँस, दाउरा, काठ, सोत्तर भुँईघाँस) जडिबुटी र कृषि बालीहरु (अन्नबाली, फलफुल खेति वा पशुपालन) नगदे वालीबाट सँगसँगै उत्पादन लिने प्रक्रियामा जनावरहरुको राम्रो ब्यवस्थापन गरी बहुउत्पादन लिने प्रबिधिलाई कृषिवन भनिन्छ ।

नेपालमा कृषिवन प्रणाली परापूर्वक कालबाट नै अपनाईएको पाईएको छ । मानव विकासको क्रमसँगै ढुंगे युगबाट बिकसित हुने क्रममाखेतिपातीको युगमा प्रवेश गरे, मानिसहरुले आफ्नो आवश्यकताको आधारमा कृषिवनका बिभिन्न प्रजातिहरुको पहिचान गर्दै तिनीहरुको संरक्षण र प्रसारण गर्ने गरेको पाइन्छ ।

पुर्खाले जानीनजानी संरक्षण गरेका बिभिन्न प्रकारका जडिबुटी, झारपात, घाँस, तरकारीका प्रजातिहरु अन्नबाली आदिको समष्टिगत रुपलाइ आजभोली एग्रोफरेष्ट्री भन्न थालिएको हो।

विकसित राष्ट्रहरुले सताब्दियौँ अगाडिदेखि यस्ता जडिबुटीमा आधारित बिभिन्न उद्योग धन्दाहरु सञ्चालन गरि देशको आर्थिक उन्नति गरिसकेका छन् भने नेपाल जस्तो जैबिक बिबिधताले भरिपूर्ण देशमा यस्ता कृषिवनका प्रजातिहरु संरक्षण, प्रसारण र तिनिहरुको उचित रुपमा प्रबर्धन गर्न कहि कतैबाट पहल भएको देखिएको छैन ।

कृषिवन प्रणालीबाट मानिस र जनावर सबैलाइ फाइदा पुग्ने भएकोले २०४९ सालमा सूर्यकोट डालेघाँस बिकास समिति गठन गरेबाट सुरु भएको मेरो यात्रा र अनुभवलाइ यस पुस्तकमा उतार्ने जमर्को गरेको छु ।

आबश्यकता र महत्व –
१. सामुदायिक वनको बिकासमा मद्दत गर्न ।
२. पशुआहाराको श्रोत संरक्षण गरी, पशु उत्पादनलाई बढाउन ।
३. परम्परागत तथा एकिकृत खेति प्रणालीलाई प्रोत्साहन गर्न । एकै जमिनबाट धेरै किसिमका फाइदा लिन ।
४. भुसंरक्षण गर्न र भुक्षय नियन्त्रण गर्न ।
५. जमिन तथा खेतबारीको सौन्दर्य बढाउन ।
६. माटोको उर्बरा शक्ति बढाइ कृषि उत्पादनमा बृद्धि गर्न ।
७. कम्पोष्ट मल बनाउन र रासायिनिक मलको प्रयोगमा कमी ल्याउन ।
८. महिलाहरुको कामको भार घटाउन ।
९. जमिनको अधिकतम प्रयोग गर्न सकिन्छ ।
१०. जमिनको वरपर बारको रुपमा रुखहरु रोपी पशुबस्तुहरुबाट बालीनालीलाई जोगाउन सकिन्छ ।
११. घाँसदाउरा खोज्न लाग्ने समय बचत हुन्छ ।

कृषिवनको अवधारणा तथा परिभाषा – (Definition and concept of agroforestry)

नेपालमा कृषिवन प्रणाली दिगो कृषि विकासको लागि मानब सभ्यताको शुरुदेखि नै अपनाउदै आइएको छ ।यसको ज्वलन्त उदाहरण खेतबारीको डिल, कान्ला, छेउ, कुना र खरबारीमा डालेघाँस र अन्य जातका रुख विरुवा हुर्काई डालेघाँस, दाउरा,काठ आदि एकमुष्ट रुपमा उपभोग गर्नु हो । कृषिवन खेती प्रणाली बारे उचित ज्ञान, सिप र उपयोगीता बारे प्रचार प्रसारको कमिले गर्दा कृषिवन प्रणालीले उचित रुप लिन सकिराखेको छैन ।

दिनानुदिन बढ्दो जनसंख्याको कारणले वातावरणमा प्रतिकुल असर पार्नुका साथै, उत्पादनमा समेत असर पारिरहेको छ । उत्पादनमा ह्रास आइरहेको अवस्थामा पशु आहारा र दाउरामा टड्काराको समस्या देखिनुले गर्दा, यस्ता समस्या समाधानको बैकल्पिक उपाय कृषिवन प्रणालीको विकास गर्नु नै हो । वास्तवमा कषिवनको अवधारणा र अभ्यास नेपालको लागि नौलो होइन, कृषकहरुले परम्परा देखिनै कुनै न कुनै रुपमा कृषिवनको अभ्यास गरिरहेका छन्। तर समयानुकुल प्रविधिमूलुक ढंगबाट यसलाई सुधार गर्दै जानु आजको आवश्यकता हो ।

साँचो अर्थमा कृषिवन भनेको के हो ? भन्ने कौतुहलता जाग्नु स्वभाविक हो, सामान्यतया कृषिवन भनेको एउटै जग्गामा कृषि वाली र वन वालीसँग खेती गर्ने प्रकृया वा विधि हो । एउटा जमिनबाट एकै समयमा वनवाली ( डालेघाँस, दाउरा, काठ, पतकर र सोतर) र कृषिवन ( भुँईघाँस, पशु, अन्नवाली र फलफूल) लिने तरिकालाई कृषिवन भनिन्छ । त्यसकारण यसको परिभाषा महत्वपूर्ण हुन सक्छ ।

कृषिवन प्रणाली एउटा यस्तो प्रणाली हो, जसले एउटा सिमित जग्गाबाट आफूलाई चाहिने एक आपसमा प्रतिस्पर्धात्मक असर नपारी प्राकृतिक सन्तुलन कायम राख्न मद्धत पुर्याउदछ । खाद्यान्न तथा तरकारी बालीसँग डाले घाँस, भुई घाँस
तथा अन्य प्रजातिहरु र पशुपालनसँग वा एक पछि अर्को खेती गर्ने पद्धती नै कृषि वन प्रणाली हो ।

कृषिवनका प्रणालीहरु –

क) कृषि रुख बाली प्रणालीः पहाडी क्षेत्रमा खेती वारीका डिल कान्लामा रुखहरु लगाई क) कृषी रुख बाली प्रणालीः पहाडी भेगमा खेतबारीका डिल कान्लामा रुखहरु लगाई, गह्रामा अन्नवाली, तरकारीवाली, फलफूल खेती आदि लिने कृषिवनको तरीकालाई कृषि वा रुखबाली प्रणाली भनिन्छ । त्यसैगरी तराईमा त्यसैगरी तराईमा क्ष्निश्चित ड्याङहरुमा रुख प्रजाति र बाँकी भागमा र बिचमा कृषि वाली लगाईन्छ । उदाहरणको लागि खेतबारीको वरपर बारको रुपमा लगाइएका रुखहरुलाई पनि लिन सकिन्छ । त्यस्तै करेसाबारीमा रुख लगाई तरकारी र फलफूल खेती तरकारीलाई पनि कृषि र रुखवाली प्रणाली भनिन्छ ।

ख) रुख र घाँसेवाली प्रणाली (Silvo – Pastural System) – रुख र घाँसवाली एउटै जमिनबाट लिने पद्धतिलाई रुख र घाँसेवाली प्रणाली भनिन्छ । यसको उदाहरणको रुपमा खरबालीलाई लिन सकिन्छ । प्रायः गरेर खरवारीको रुख मूनिको घाँस काटेर गाईवसतुलाई खुवाइन्छ । तर कहिलेकाँही त्यस्ता जमिनमा गाईवस्तु चराएको पनि देखिन्छ । प्राय गरी खरवारीमा भूई घाँसको साथै काठ, दाउरा तथा डाले घाँस उत्पादन गर्ने खालका रुख विरुवा बढी देखिन्छ ।

ग) कृषि रुख र घाँसेवाली प्रणाली (Agro-Silvo – Pastural System)- कृषकको खेतबारीको डिलमा रुख, गह्रामा अन्नबाली र काँल्लामा घाँसेवाली उत्पादन गरिन्छ । एउटै जमिनको टुक्राबाट रुख, अन्नवाली (कृषिवाली ) र घाँसेवाली लिने पद्धतिलाई कृषि रुख र घाँसे बाली प्रणाली भनिन्छ । तराइ भेगमा यसको अतिरिक्त फलफुल रुख र माछापालनको समिश्रण खेती पनि गरिन्छ । यो प्रविधिबाट माटोको संरक्षण र उर्वरापन बढाउन सकिन्छ ।

घ) टाँगिया प्रणाली – सरकारी वा सार्वजनिक जग्गामा बृक्षारोपण (लाइनमा ) गरी बीच बीचमा घुसुवा बाली
लगाई रोकथाम र संरक्षण गर्ने एउटा प्रणाली हो ।

नेपालको मध्यपहाडी क्षेत्रमा कृषिवनका प्रणालीहरु –

१. कृषि र रुखबाली प्रणालीः खेतबारीको डिल र काल्लामा रुख लगाई गह्रामा अन्न, फलफुल र तरकारीबालीहरु लगाउने प्रणाली हो ।
२. रुख र घाँसेबाली प्रणालीः डालेघाँस र काठदाउराको लागि रुख बिरुवा तथा भूईमा घाँस खेति गरी उत्पादन लिने प्रक्रिया हो उदाहरणको लागि खरबारीलाई लिन सकिन्छ ।
३. कृषि, रुख र घाँसेबाली प्रणालीः खेतबारीको डिलमा रुख ,काल्लामा घाँस र गह्रामा अन्नबाली, तरकारी, फलफुल खेति लगाउने प्रणाली हो । यसबाट भूक्षय नियन्त्रणमा सहयोग पुग्दछ ।
४. टांगिया प्रणालीः रुखका दुई पंत्तिको बिचमा कृषिबाली लगाई उत्पादन लिने प्रक्रियालाई टांगिया प्रणाली भनिन्छ । खासगरी सामुदाियक वनभित्र अदुवा, बेसार जस्ता बालीहरु लगाउने प्रक्रिया यस अन्तर्गत पर्दछन् ।
कृषिवन प्रणालीमा रुखहरु छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु,
 ठाँउको उचाई,
 बिभिन्न खालको माटोमा हुर्कने तथा उत्पादन दिने क्षमता,
 बृक्षारोपणको लागि अबस्था (कहाँ रोप्ने ? काल्ला, डिल, बिच)
 सुख्खा मौसममा घाँसको उपलब्धता,
 कृषिबालीमा पर्ने असरको सम्भाब्यता,
 पशु उत्पादनमा डाले घाँसको गुणस्तर,
 डालेघाँस काटेपछि पलाउने लाउने क्षमता
 डाघाँस उत्पादनको मौसमी पात्रो,
 बिरुवाले जमिनमा पार्ने गरेको प्रभाव (मलिलो, रुखो)

नेपालमा कृषिवनको क्षेत्र र महत्व (Scope & Importance of Agroforestry in Nepalese’s Contest)

कृषिवन खेती प्रणालीले देशकोग्रामिण कृषकलाई आत्मानिर्भर बनाउन एवं राष्ट्रको गार्हस्थ उत्पादन (Grross Domestic prodects) लाई बढाउन ठुलो भूमिका खेल्दछ । यसले स(साना जमिनका टुक्रा हुने कृषकहरुको जीवन निर्वाहको खेतीवाट जीवन स्तर उकासी, किसानहरुलाई दैनिक रुपमा घरको कामकाजको लागि अत्यावश्यक कृषिजन्य बस्तुहरु, जस्तै घर मर्मत गर्न काठ, खाना पकाउन दाउरा, पशुको लागि घाँस तथा पंक्षिको लागि आहारा औषधी, जडिबुटी तथा विभिन्न स्तरको काठ उत्पादन तथा उधोगहरु सञ्चालन गर्न सहयोग गर्दछ ।

रुखहरु पूर्ण वयस्क अवस्थामा भएपछि उक्त रुखबाट प्रशस्त आयआर्जन गर्न सकिन्छ । त्यो नै कृषि वन प्रणाली अपनाउने कृषकहरुको उद्देश्य हो । त्यसैले कृषकले खाद्यन्न बालीलाई चल सम्पती र रुखलाई स्थिर पूँजीको रपमा लिने गरेको पाइन्छ । तसर्थ कृषिवन बाली पद्दतिको कार्यक्रमलाई आगामी दिनमा अभियानको रुपमा अगाडि बढाउनु आजको आवश्यकता र भविष्यको परिपुर्ति हो वास्तवमा कृषिवनको महत्वबारे प्रष्ट हुनको लागि निम्न कुराहरुको विश्लेषण गर्दा अझ सान्दर्भिक हुन जान्छ ।

२.१. कृषिवनको क्षेत्र  (Scope of Agroforestry) 
क) सामुदायिक वन विकासमा मद्दत – नेपालमा कुल पशु आहाराको ५० प्रतिशत जति खेतबारीबाट प्राप्त हुन्छ । बाँकीका लागि वन जंगल र घाँसे मैदानमा भर पर्नु पर्दछ । तर सामुदायिक वनको विकासले गर्दा वनबाट जथाभावी वन पैदावार निकाल्न नक्षेत्रबाट जथाभावी वन पैदावार निकाल्न पाईदैन भने केही सामुदायिक वनलाई घाँस र दाउराको चाप
घटाउनु पर्ने आवश्यकता रहेको छ । सो को लागी नीजि जमिनमा कृषिवन प्रणालीको विकास र विस्तार गर्नु आवश्यक छ ।

ख) पशु आहाराको स्रोत र तिनको विकासमा टेवा पु¥याउनु – पशु आहाराको स्रोतहरुमा सामुदायिक वन र अन्य वन जंगलहरु, खेतबारी, खरबारी र बुट्यान भएका नीजि जग्गाहरु पर्दछन् । सामुदायिक वन विकासको साथसाथै गाईभैंसी वधुवा पाल्ने चलन बढ्दो छ । गाईभैँसी बाँधेर पाल्ने प्रणालीको विकासको लागि थप घाँसको आवश्यकता पर्दछ । त्यसका लागि पनि निजि जमिनमा कृषिवन प्रविधि अपनाउनु पर्ने देखिन्छ ।

ग) पुरानो खेती प्रणालीलाई प्रोत्साहन र सुधार – कृषिवन प्रविधि नेपालको मध्य पहाडी भेगमा खेती गर्ने प्रविधि हो । मध्य पहाडी क्षेत्रमा यो परापूर्व काल देखि नै अपनाउदै आईएको प्रविधि भएकोले यसको विकास र विस्तार गर्न आवश्यक र उपयुक्त देखिन्छ, त्यसकारण पनि आवश्यक सुधार सहित निरन्तरता दिनुआवश्यक हुन्छ ।

घ) एकिकृत कृषि प्रणालीलाई प्रोत्साहन र सुधार – सुख्खा याममा हरियो पशु आहाराको अभावमा गाईभैँसीको दुध उत्पादन घट्दछ । उक्त समयमा घाँस दिन सक्ने रुखहरु जस्तै दुदिलो, गिदरी, किम्बु, ईपिल, गजुमा आदि लगाउन सकियो भने यो समस्या केहि हदसम्म हल गर्न सकिन्छ ।

राम प्रसाद गौतम
व्यवस्थापक
नेपाल कृषिबन बीउ बीजन केन्द्र
Balkumari, Koteshower, Kathmandu
9851159630,9801237730,9801237732
Email:nafscol@gmail.com
Website: www.nafsco

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार