देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कृषि उपज नष्ट गर्नेलाई कारबाही गर्न गृहलाई कृषि मन्त्रालयको पत्र

0

(काठमाडौं) – कोरोना भाइरस सर्ने भन्दै कृषि उपज नष्ट गर्नेलाई कारबाही गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गृहलाई पत्रचार गरेको छ ।

कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले गृहलाई मंगलबार पत्र पठाउँदै कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेमाथि कारबाहीको माग गरेका हुन् । कृषिजन्य वस्तुको उत्पादन सहज रूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

पत्रमा प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपक्षीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिने जस्ता कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह समेत गरेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका सिलसिलामा जारी बन्दाबन्दीका कारणले कृषिजन्य वस्तु उत्पादन एवं ढुवानी सहज हुन नसकेको उल्लेख गर्दै कृषि मन्त्रालयका सचिव भारीले मुलुकभित्र उत्पादन भएका कृषिजन्य वस्तु नष्ट गर्नुपर्ने अवस्था रोक्न आग्रह गरेका छन् । कपिलवस्तुबाट अर्घाखाँची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेल, आमा समूह, युवा क्लब, टोल विकास संस्थाको रोहबरमा ६ ट्रक तरकारी एक्स्काभेटरले खाल्डो खनेर पुरिदिएका थिए ।

अर्को प्रदेश र स्थानीय तहले गरिदिने क्रियाकलापले कृषकका उपज खेर जाने मात्र नभइ उनीहरुको मनोवल खस्कने, उत्पादन घट्ने र आधारभूत खाद्यवस्तुको आपूर्ति शृंखला अवरुद्ध हुन गइ खाद्य संकटको अवस्था सिर्जना हुन सक्नेतर्फ सचेत हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार