देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

केपी ओलीको कदम असंवैधानिक र अराजक हो, यो सच्चिनु पर्छ – जिवन परियार

0

सिन्धुपाल्चोक – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेस सिन्धुपाल्चोकले  सिन्धुपाल्चोककाे सबै वडास्तरमा प्रदर्शन गरेकाे छ । काँग्रेस केन्द्रीय समितिले बिहिबार देशभरीका वडाहरुमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेसँगैं सिन्धुपाल्चोकमा पनि प्रदर्शन भएकाे हो । जिल्लाका सबै १०३ वडामा प्रदर्शन गरिएकाे हाे । केही वडामा संयुक्त कार्यक्रमहरु भने भएका छन् । प्रदर्शनमा केन्द्रीय सदस्य तथा जिल्ला नेताहरुले सम्बाेधन गरेका थिए ।

काँग्रेसले यसअघि पुस १३ गते २ निर्वाचन क्षेत्रमा, पुस २५ गते ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते १२ वटै पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस केन्द्रिय समितिको निर्देशन थियो ।

पूर्व संबिधान सभासदस्य एवम् केन्द्रीय सदस्य जीवन परियारले इन्द्रावती गाउँपालिकाको वडा २,३,४ को विरोध सभालाई सम्बोधन गरे। कुन्चोकमा भएको विरोध सभालाई सम्बोधन गर्दै परियारले नेकपाले आफ्नो पार्टीभित्रको झगडाकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दाबी गरे। भने, ‘त्यो असंवैधानिक र अराजक गतिविधि हो, यो सच्चिनु पर्छ।’ संसदिय ब्यबस्थानै कांग्रेसको मुल एजेण्डा भएकोले र अहिलेको संबिधान पनी कांग्रेसकै नेतृत्वमा जारीगरेको हुनाले यसको अपनत्व कम्युनिष्टले यसको लिन सकेको उनको दाबी थियो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती भुपेन्द्र थापा, कांग्रेस नेता राजेन्द्रमान ताल्चाभँडेल, जिल्ला उप-सभापती शिव सुनार लगायत नेताहरुको सहभागिता थियो । कार्यक्रममा नेकपा तथा राप्रपा पार्टी परित्याग गरी दूइ दर्जन कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए।

नेकपालाई एकढिक्का बन्न काँग्रेस जिल्ला सभापति लामाको आग्रह, 'फुटेको पार्टीसँग चुनावमा भिड्दा मज्जा हुन्न नि'

यता कांग्रेस जिल्ला सभापति विकास लामाले आफ्नै गाउँ इन्द्रावती १० भोटसिपा आयोजित विरोध सभालाई सम्बोधन गरे। जिल्ला सभापति लामाले नेकपा जनतालाई चुस्ने पार्टी भएको आरोप लगाए। ‘जुकाले जसरी जनताको रगत चुसे नेकपाले,’ सभापति लामाले भने। लामाले नेकपा एकजुट भएपछिमात्र चुनावमा जाँदा मजा आउने तर्क गरे।’गफ हावादारी गर्न सिकायो र संसदलाई ज्युदै जलाएर खरानी पार्‍यो,’ लामाले भने, ‘टुक्रा परेको नेकपालाई पराजित गर्न कांग्रेसलाई मजा आउँदैन। त्यही तपाईहरु फेरि एकजुट हुनुस् एकढिक्का भएको नेकपालाई हराउन सक्ने दम कांग्रेसमा छ।’

उक्त कार्यक्रममा  कांग्रेस पुर्व महासमिति सदस्य सुदर्शन आचार्य, इन्द्रावती गाउँपालिका उपाध्यक्ष एवं जिल्ला सदस्य मिरा अधिकरी लामा लगायत नेताहरुको सहभागिता थियो ।

No description available.

यस्तै इन्द्रावती – ५ ले आयोजना गरेको कार्यक्रममा बोल्दै इन्द्रावती गाउँपालिका अध्यक्ष एवं कांग्रेस युवा नेता बंशलाल तामाङले कम्युनिस्ट सरकार को अपरिपक्वताका कारण देश जोखिममा परेको बताए ।संविधानको अपनवत्व लिन नसक्नु नै आजको मुलुक गम्भीर दुर्घटनामा जानुको मुख्य कारण भएको भन्दै तामाङले विश्व बाटै लोप हुन लागेको कम्युनिस्ट को अधिनायकवाद नेपाल मा धेरै दिन नटिक्ने बताए । उक्त कार्यक्रममा  नेकपा तथा राप्रपा पार्टी परित्याग गरी दर्जनौं कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए।

यता प्रदेश सभाका प्रत्यासी विकास तामाङ मेलम्ची नगरपालिका -९ ज्यमिरेस्थित भएको विरोध सभालाई सम्बोधन गर्न पुगेका थिए। उनले जनताले विश्वास गरी जिताएर पठाएका जिल्लाका नेकपाका जनप्रतिनिधि सबै सरकारमा पुगेर मन्त्री बनेको उल्लेख गर्दै केही गर्न नसकेपछि सरकार छोडेर सडकमा आइपुगेको बताए। दुबै लाइनका नेकपाका नेताहरु नाँगिएको दाबी गर्दै उनले अबको एउटै विकल्प काँग्रेस भएको बताए।

कांग्रेस जिल्ला सचिव बिलबहादुर तामाङ पाँचपोखरी थाङपालस्थित भोताङमा पुगेर विरोध सभालाई सम्बोधन गरे। पाँचपोखरी को ३,४ र ५ को संयुक्त विरोध कार्यक्रम तामाङले ओली सरकारले नेपाली जनताको भावना माथि खेलवाड गरेको जिकिर गरे। जनमतको अपमान गरेर प्रतिनिधि सभा विघटन गरी जनताको खिल्ली उडाएको उनको भनाई थियो। उक्त कार्यक्रममा क्षेत्र नं २ का सभापती आइतमान तामाङको लगायत नेताहरुको सहभागिता थियो ।

बिहिबारको बिरोध कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला कोषाध्यक्ष पासाङ दोङले बाँसखर्कमा सहभागीता जनाए भने जिल्ला सह सचिव अनुप न्यौपानेले इन्द्रावती ६ र मेलम्ची ५ मा कहभागिता जनाएका थिए ।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार