देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

केपी ओलीको गृह नगर झापाको दमकमा राप्रपा विजयी

0

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा विजयी भएको छ ।

दमकमा एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमारी अधिकारीलाई ५५९ मतले हराउँदै राप्रपाका रामकुमार विजयी भएका हुन् ।

पूर्व नगर प्रमुख समेत रहेका थापाले १७५२५ मत पाए । निकटतम प्रतिष्पर्धी अधिकारीले १६९६६ मत पाइन्।

चुनावी चर्चाको केन्द्र रहेको यो नगरमा कांग्रेस–माओवादी र राप्रपाले एमाले विरुद्ध गठबन्धन गरेका थिए । चुनावी परिणामपछि माओवादीका नगर अध्यक्ष तीर्थराज बस्नेतले आफूहरू मिलेर लामो समयदेखिको एमालेको एकाधिकार खोसेको प्रतिक्रिया दिए ।

उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई विजयी बनिन्। उनले १७०७२ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६५७४ मत पाए ।

५८,१७६ मतदाता रहेको दमकमा ३९७३६ मत खसेको थियो । ३९८९५ मतगणना भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार