देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

केपी ओली र एमाले मधेशका खलनायक हुन् – प्रचण्ड

0

काठमाडौ् – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको खलनायक एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।

बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दाहरुमा केपी ओलीले नै कुठाराघात गरेको आरोप लगाए ।

आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रीत गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा केपी ओलीले नै रोकेको उनले दाबी गरे ।

मधेशको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेशको भिलेन भएको तर्क गरे ।

प्रदेश-२ का कुना काप्चामा गएर मधेसीहरुको भावना नजिकबाट बुझेको बताउँदै अध्यक्ष प्रचण्डले भने, `मधेशको पहिचान, मुद्दा र समस्याहरुलाई माओवादीलेमात्र सम्बोधन गर्न सक्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार