देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

केपी शर्मा ओली विरुद्धको उजुरी दर्ता

0

काठमाडौं – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको उजुरी दर्ता भएको छ । कोरोना संक्रमित भएको अवस्थामा स्वास्थ्य मापदण्डविपरीत सार्वजनिक स्थानमा निस्केर संक्रमण फैलाएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको हो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कंग्रेसका केन्द्रीय सदस्य अभिजित अधिकारी र वीरेन्द्र मडैले दिएको उजुरी  जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गरेको हो।

युथ कंग्रेसका केन्द्रीय सदस्य अधिकारीले आइतबार दर्ता नभएको उजुरी आज दर्ता भएको जानकारी दिए। जिल्ला प्रशासन कार्यलय भक्तपुरका अनुसार  उजुरीको दर्ता नम्बर १,१२२ रहेको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा ३ मा ऐन उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। ऐनले यसअन्तर्गत  कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार