देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘के मैले काँग्रेसले भनेर राजीनामा दिनुपर्ने हो’ – लामिछाने

0

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएर राजनीतिक षडयन्त्रमा आफूलाई फसाइएको बताएका छन् । 

इलामको देउमाई नगरपालिकाको मंगलबारेमा रास्वपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उप प्रधान एवं गृहमन्त्री लामिछानेले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाइहरूले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन् ।’

लामिछानेले भने, ‘के मैले काँग्रेसले भनेर राजीनामा दिनुपर्ने । काँग्रेस, जो नेपाली जनतालाई नक्कली भुटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त इतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरूलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन । हाम्रो पार्टीमा त्यस्तो चल्दैन ।

०८४ को निर्वाचनसम्म आफूहरूलाई पुराना शक्तिहरूले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरूलाई झूटा मुद्दा लाग्छन्, उनीहरूको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाइहरू त्यसले आत्तिनु पर्दैन ।’

कार्यक्रममा रास्वपा उपसभापति तथा तनहुँका सांसद स्वर्णिम वाग्ले, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार