देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘के सरकार कालीगण्डकी तिनाउँ डाइभर्सन आ‍योजनाबाट पछि हटेको हो ? – पौडेल

0

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले कालीगण्डकी तिनाउँ डाइभर्सन आयोजनालाई प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार सरकारले प्रस्तुत गरेको आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पौडेलले भने, ‘के सरकार कालीगण्डकी तिनाउँ डाइभर्सन आ‍योजनाबाट पछि हटेको हो ? यो चालु आयोजनालाई यस रूपमा अधरमा छाड्ने अधिकार सरकारलाई छ भन्ने सोध्न चाहन्छु ।’

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले २०७८ असार १२ गते बुटवलमा उक्त परियोजनाको कार्यालय उद्घाटन गरेका थिए । उनले चालु आर्थिक वर्षको बजेटमा ‘आवश्यकताअनुसार रकम विनियोजन’ गर्ने घोषणा पनि गरेका पनि थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी रिजर्भ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालीग्रामको चोरी निकासी तथा विनाश गर्नेलगायत अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरू नगर्नू/नगराउनू भनि आदेश जारी गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार