देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कैलालीमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

0

(कैलाली) – कैलालीमा बुधबार थप ५७ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका संक्रमित मध्ये लम्कीचुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकामा ३२ जना रहेका छन् ।

लम्की चुहामा ६ जना महिला र १९ जना पुरुष तथा गोदावरी नगरपालिकामा ४ जना महिला र २८ जना पुरुषमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

योसँगै कैलालीमा कोरोना संक्रमितको संख्या चार सय ६० पुगेको छ । कोरोना संक्रमणबाट गोदावरी र लम्कीचुहामा गरी हालसम्म १/१ जनाको मृत्यु भइसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार