देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कैलाश सिरोहियालाई धनुषा लगियो

0

काठमाडाैं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ।

प्रहरीका अनुसार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका सिरोहियालाई आजै धनुषा पठाइएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै गिरफ्तार गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।

दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार