देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कैलाश सिरोहिया मेडिसिटी अस्पतालको सीसीयूमा भर्ना

0

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको सीसीयूमा भर्ना गरिएको छ ।

उनलाई मंगलबार नै जनकपुरको काव्या अस्पतालले थप उपचार तथा निदानका लागि मेडिसिटी अस्पताल रेफर गरेपछि एयरलिफ्ट गरेर दिउँसो काठमाडौं ल्याइएको थियो ।

उनलाई दिउँसो करिब साढे तीन बजेतिर सिम्रीक एयरको हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको हो ।

अस्पताल ल्याइएसँगै उनको विभिन्न परीक्षण भएका थिए । त्यसमा केही समस्या देखिएपछि स्वास्थ्य निगरानीका लागि चिकित्सकहरूले कोरोनरी केयर युनिट (सीसीयू)मा भर्ना गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासत नै रहेकाले उनको निगरानीका लागि हतियारसहित प्रहरी सीसीयू बाहिर नै खटिएको छ ।

नेपाल मेडिसिटी अस्पतालका बोर्ड सल्लाहकार नविन कुमारका अनुसार हाल सिरोहियालाई सीसीयूमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले सम्पूर्ण रिपोर्ट प्राप्त भइसकेपछि औपचारिक जानकारी गराउने छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार