देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोइला बालेर सुतेका एकै परिवारका चारजनाको निस्सासिएर मृत्यु

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्मप्रसाद भट्टराईको परिवारका चारजनाको अस्पतालको क्वाटरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरिका अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकली रहेका छन् । धर्मप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाइ नरेन्द्र घाइते छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरिको भनाई छ ।

जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरुको निस्सासिएर बुधबार राति मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

टीनको डब्बामा कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको आँकलन गरिएको प्रहरीको भनाइ छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार