देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोखमा ‘लिभर’ले घोचेर घाइते बनाएपछि दिलीपको टिपरले किचेर हत्या

0

(धनुषा) – धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई टिपरले किच्नुअघि नै हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । औरही खोलामा अवैध उत्खन्न रोक्न गएका दिलीप महतोलाई ‘लिभर’ प्रहार गरी घाइते बनाएर किचेर हत्या गरिएको खुलेको हो ।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमा गरी प्रारम्भिक अनुसन्धानमा महतोलाई टिपरले किच्नुअघि छातीमा गहिरो चोट लगाएको देखिएको जनाएको छ ।

प्रहरी उपरीक्षक रमेश बस्नेतले दिलीपको दाहिने कोखमा ‘लिभर’ले घोचि घाइते बनाएपछि टिपरले किचेको बताए । बालुवा गिटी चोरी रोक्न खोलामा गएका महतोलाई शुक्रबार बिहान चार जना समातेर कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर ना ७ प ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए । प्रहरीले हत्या आरोपमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।

हत्याको मुख्य योजनाकार क्रसर सञ्चालक मिथिला नगरपालिका– ५ का २७ वर्षीय बिपिन महतो, टिपर चालक महोतरी बर्दिबास –९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशन कुमार यादवलाई पक्राउ गरीएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रहरीका अनुसार पक्राउ परेकाले महतोलाई खोलामा सुताएर टिपरले किच्नुअघि घाइते बनाएको स्वीकार गरेका छन् । औरही खोलाको बगरमा टिपरले बालुवा गिट्टी चोरी गरी लागिरहेका बेला महतोले पटक-पटक रोक्न खोजेका थिए । सोही विषयमा शुक्रबार महतोको हत्या गरिएको थियो। पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार