देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरानाको खोप सुरु

0

काठमाण्डौं – सरकारले कारोना भाइरस (कोभिड–१९) विरुद्धको खोप  बुधबारबाट लगाउन सुरु गर्दैछ । पहिलो चरणमा ४ लाख ३० हजारलाई लगाइने खोप अभियानको उद्घाटन प्रधानमन्त्री कपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

गत साता भारत सरकारले अनुदानमा प्रदान गरेको १० लाख कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा संघ, प्रदेश र स्थानीय तहमा रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा कार्यरत कोभिड–१९ मा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सफाइकर्मीले लगाउन पाउनेछन् ।

स्वास्थ्य मन्त्रालयले यी क्षेत्रका कार्यरतहरुको लागि एप्स निर्माण गरेर इच्छुकहरुको तर्फबाट प्रस्ताव समेत आह्वान गरेको थियो । सोमबार बेलुकासम्म १ लाख ४० लाखले इच्छा देखाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यहि माघ १४ गतेदेखि माघ २८ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम सम्पन्न गर्ने लक्ष्य छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार