देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरिया भाषा परीक्षा पुस १ गतेदेखि

0

काठमाडौँ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने सञ्चालन हुने भएको छ ।

अब सञ्चालन हुन लागेको परिक्षापनी बिशेष कम्प्युटर प्रणालीबाट नै हुने बैदेशिक रोजगार बिभाग ईपीएस शाखा कार्यालयले जनाएको छ ।

कोरियाबाट वैधानिक रुपमा स्वदेश फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै पुस १ देखि ७ गतेसम्म भाषा परीक्षा सञ्चालन गर्न लागिएको ईपीएस शाखा कार्यालयका निर्देशक सुरेश रावतले जानकारी दिए ।

कोरोना महामारीले कोरिया पठाउने प्रक्रिया अवरुद्ध रहेकोमा अहिले उक्त प्रक्रिया सुरु भएको उनले बताए । २०१७ देखि १९ सम्म भाषा परीक्षा उर्तिण गरेर बसेकाहरुलाई पनि डिसेम्वरदेखि कोरिया पठाउने प्रक्रिया सुरु हुने रावतले बताए।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार