देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाका कारण थप २ पत्रकारको निधन

0
<p>विष्णु चौलागाइं र गोपाल शिवा</p>

विष्णु चौलागाइं र गोपाल शिवा

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट थप दुई पत्रकारको निधन भएको छ । काभ्रे पोस्ट साप्ताहिकका प्रकाशक एवं प्रधान सम्पादक विष्णु चौलागाईं र हाम्रो सञ्चार डटकमका प्रधान सम्पादक गोपाल शिवाको कोरोनाबाट मृत्यु भएको हो ।

विशेषगरी काभ्रेमा लोकप्रिय चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । संक्रमित पत्रकार चौलागाईंको उपचारका क्रममा शुक्रबार मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् ।

पत्रकार चौलागाईं र  गाेपाल शिवाको निधनप्रति पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलगायतले दुःख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउने पत्रकारको संख्या ४ पुगेको छ । यसअघि कपिलवस्तुका पत्रकार वनारसी वर्मा र मेटो एफएममा कार्यरत विक्रम शाक्यको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

कोरोना भाइरसबाट अहिलेसम्म ४१० पत्रकार संक्रमित बनेको नेपाल पत्रकार महासंघले जनाएको छ । संक्रमित हुनेमा ८० जना महिला पत्रकार छन् । यीमध्ये अधिकांश संक्रमणमुक्त भइसकेका छन् भने केहि अझै संक्रमित छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार