देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाका कारण लगाइएका सबै प्रतिबन्धहरु फुकुवा

0

काठमाडौं – कोभिड-१९ को तेस्रो लहरका कारण लगाइएका सबै प्रतिबन्धहरु दुई महीनापछि हटेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबारको बैठकले सबै प्रतबिन्धात्मक व्यवस्था हटाउने निर्णय गरेको हो।

कोरोनाभाइरसको संक्रमण कम हुँदै गएकाले प्रतिबन्धात्मक व्यवस्था हटाउने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जनाएका छन्।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा २१ फागुनदेखि लागू हुने गरी सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाइएको छ।

सूचनामा भनिएको छ, ‘हाल कोभिड-१९ को संक्रमण घट्दै गएकाले मिति २०७८/११/२१ देखि लागू हुने गरी प्रचलित कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिक लगायतका क्रियाकलापहरू प्रचलित स्वास्थ्य मापदण्डको पालना गरी, गराई नियमित रुपमा सञ्चालन गर्न, गारउन यसअघि जारी भएका आदेशहरूमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरू पूर्ण रुपमा हटाइएको व्यहोरा जानकारी गराइन्छ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार