देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाका कारण वीपी प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

0

धरान – कोरोना भाइरसको जोखिम बढ्दै गएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । सरकारले नै सभा समारोह नगर्न सुझाव दिएपछि प्रतिष्ठानले दीक्षान्त समारोह स्थगित गरेको हो ।

पछिल्लो चार वर्षयता हुन नसकेको प्रतिष्ठानको दीक्षान्त समारोह कोरोना भाइरस संक्रमणका कारण पुन सरेको छ । प्रतिष्ठानले फागुन २४ गते शनिबार दीक्षान्त समारोह गर्ने गरी सबै तयारी पुरा गरिसकेको थियो ।

सतर्कता अपनाउँदै भेला सम्मेलन नगर्न सरकारले आह्वान गरेपछि समारोहमा उपस्थित हुनेहरुको स्वास्थ्यलाई मध्यनजर गरी तत्कालका लागि समारोह स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ । समारोहको नयाँ मिति कोरोना संक्रमणको अवस्था हेरेर पछि तय गरिने बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार