देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाका कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका कार्यालय बन्द

0
सिन्धुपाल्चोकसल्यानबाट यही साउन १७ गते सिन्धुपाल्चोक आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।
शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । उनिहरुले सल्यानबाट आउँदा थानकोटमा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनिहरु जुगल आएका वडा नं ५ का वडाध्यक्ष सनत अधिकारीले बताए ।

धेरै मानिससँग भेटघाट गरेको पाइएकोले हाल दुई शिक्षकमध्ये एक जना टेकुको प्रयोगशालामा उपचाररत छन् भने एकजना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब कन्ट्रयाक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार