देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाको प्रकोप : शनिबारबाट हायात होटल बन्द हुने

0

(काठमाडौं) – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई ध्यानमा राखेर बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी शनिबारदेखि अस्थायी रुपमा बन्द हुने भएको छ ।

पाँचतारे होटल हायात ६ हप्ताका लागि शनिबारदेखि बन्द हुने भएको हो । कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएपछि बन्द गर्न लागिएको व्यवस्थापनले जानकारी दिएको छ ।

होटलका प्रवक्ता गोविन्द परियारका अनुसार मार्च २१ देखि ६ हप्ताका लागि होटल पूर्ण रुपमा बन्द हुने छ । अहिलेका लागि ६ हप्तासम्म बन्द हुने परियारले जानकारी दिए । ‘अप्रिल २१ तारिख (बैशाख ९) सम्म होटेल पूर्ण रुपमा बन्द गरिने निर्णय भएको हो,’ होटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बन्दको अवधिमा होटलभित्रका रेस्टुरेन्ट, बार, क्लब सबै बन्द रहने छन् । होटल बन्द हुने भएपछि होटलमा कार्यरत मजदुरलाई कसरी बिदा गर्ने भनेर छलफल चलिरहेको परियारले जानकारी दिए । २ सय ८० कोठा भएको हायातमा कम्तीमा ३ सय ५० कर्मचारी छन् ।

सरकारले २० तारिकदेखि नेपालसँग प्रत्यक्ष उडान हुने अधिकांश गन्तव्यबाट नेपाल आउन रोक लगाएपछि होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार