देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

0

(काठमाडौं) – काठमाडौं कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमित गुल्मीका ४१ वर्षीय पुरुषको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । गुल्मी मदाने गाउँपालिका–६ का उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो ।

ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि यही जेठ १ गते अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बुधबार उनको मृत्यु भएको हो । यद्यपि स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

अस्पताल भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसीयूमा उनको उपचार भइरहको थियो । उनी गुल्मी मदाने–६ पुर्कोटदहको निमाविका प्रधानाध्यापक हुन् ।

यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार