देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाबाट थप ५४ जनाको मृत्यु, ९ हजार ७० जनामा संक्रमण पुष्टि

0

काठमाडौं – पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै  कोभिड संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः  ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३ हजार ९७२ कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १६३ भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जना छन् ।

योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३२ हजार ४५२ पुगेको छ । जसमध्ये आईसीयूमा १८७ जना र भेन्टिलेटरमा ८३ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या  २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने मृतकको संख्या  ३ हजार ५२९ पुगेको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार