देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाविरुद्ध होप विद्यार्थी कल्याण्कारी परिषदको जनचेतनामुलक अभियान (फोटो फिचर)

0

मध्यविन्दु/काठमाडौँ– कोरोना भाईरसको संक्रमण नेपालमा पनि फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै आज काठमाडौँ उपत्यकाभित्र जनचेतनामुलक कार्यक्रम गरिएको छ । छिमेकि राष्ट्र चिनको वुहानमा महामारिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत फैलन सक्ने हुँदा त्यसको रोकथामका लागि जनस्तरमा चेतानाका लागि भन्दै होप इन्टरनेशनल कलेज बिधार्थी कल्याणकारि परिषदले जनसचेतामुलक ¥यालीको आयोजना गरेको हो । कार्यक्रममा कोराना भाईरसको रोकथामका लागि बिभिन्न उपायहरुका बारेमा समेत चर्चा गरिएको थियो ।
ललीतपुरको सातदोवाटोबाट सुरु भएको ¥याली जावलाखेलसम्म निकालिएको होप बिधार्थी कल्याणकारि परिषद्का अध्यक्ष बिनोद शाहीले बताए । जनस्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी र विभिन्न क्षेत्रबाट बिधार्थी, पत्रकार, सुरक्षाकर्मि समेत जनचेता फैलाउन लाग्नु पर्ने र समाचार सम्प्रेषणमा समेत जोड दिनुपर्ने अध्यक्ष शाहिले बताए ।
कार्यक्रममा बिधार्थी परिषदका पुर्ब अध्यक्ष तथा बिधार्थी नेता ईन्जीनियर भुवन भट्टले सरकारले चिनको वुहानबाट ल्याईएका बिधार्थीलाई खरिपाटिको क्वारेनटाइनमा राखेपनि जनस्तरमा सचेतना फैलाउन नसकेका कारण स्थानिय त्रसित भएको बताए । उनले भने, ‘सरकारले भबिष्यमा फैलिन सक्ने कोराना भाइरसको संक्रमणको कन्ट्रा्लल मेकानिज्म र रोकथामको योजना समेत बनाउन नसेकका कारण जनस्तरबाट सबै आ–आफ्नो क्षेत्रमा सचेत हुनुपर्ने भन्दै सरकारलाई समेत आवश्यक तयारिको ब्यबस्था मिलाउन र सतर्क हुन आवस्यक छ ।’
कार्यक्रममा होप कलेज जनस्वास्थ्य कार्यक्रम संयोजक अमिता के सि, ल्भ्एज्ब् का प्रतिनिधि रोशनी पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि र होप कलेजका पब्लिक हेल्थ र नर्सिङ संकायका बिधार्थीहरुको उपस्थिति रहेको थियो ।

तस्बीर भुवन भट्टको फेसबुकबाट

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार