देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना नियन्त्रणमा चिनियाँ अनुभव उपयोगी : मन्त्री ढकाल

0

(काठमाडौं) –  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना (कोभिड–१९) भाइरस विश्वका लागि ठूलो चुनौती भएको बताएका छन् । चीनले प्राप्त गरेको अनुभव कोभिड–१९ को संक्रमण नियन्त्रणमा महत्वपूर्ण निधि सावित भएको पनि उनले बताए ।

मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया गु्रपले संयुक्त आयोजना गरेको नेपाल–चीन स्वास्थ्य विशेषज्ञ भर्चुअल मञ्चमा मन्त्री ढकालले नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडा मिहिनेतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको बताए ।

महामारी नियन्त्रणमा चिनियाँ अनुभव सारा विश्वको लागि उपयोगी हुने मन्त्री ढकालले विश्वास ब्यक्त गरे । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले कोभिड–१९ को महामारी समस्त मानव जातिको साझा त्रासको विषय बनेको उल्लेख गर्दै आपसी समन्वय र सहयोगबाट मात्रै कोभिड विरुद्ध लड्न शक्ति मिल्ने बताईन ।

पहाड र नदीहरुले जोडिएको नेपाल र चीनले महामारीको समना गर्न प्रदर्शन गरेको ऐक्यबद्धता र आपसी सहयोगले दुबै देश र जनताबीचको मित्रताको अगाध प्रतिविम्वित भएको उनको भनाई छ । महामारीको रोकथाम र नियन्त्रणमा नेपाल सरकारले चालेको कडा कदमको प्रशंसा गर्दै उनले त्यसले नेपालमा सकरात्मक नतिजा देखिएको बताईन ।

नेपालको तर्फबाट मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिफ कन्सल्ट्यान्ट फिजिसियन डा. अनुप बास्तोला तथा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले चिनियाँ चिकित्सकहरुसँग कोभिडसँग सम्बन्धित जिज्ञाशा राखेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार