देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना नियन्त्रण र प्रतिकार्यमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री गुरुङ

0

(पोखरा) – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापी समस्याका रुपमा देखिएको कोरोना भाइरस नियन्त्रण गर्न र प्रतिकार्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशमा कोरोना भाइरस भित्रिन नदिन आवश्यक तयारी गरिएको जानकारी दिए ।

उच्चस्तरीय निर्देशन समितिका समेत संयोजक रहेका मुख्यमन्त्री गुरुङले आवश्यक स्रोतसाधनको अधिकतम उपयोग गर्दै रोकथामको पूर्ण तयारी गरिएको बताए । कोराना संक्रमणका नाममा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गरिने उल्लेख गर्दैै उनले यस सम्बन्धमा अनुगमन प्रभावकारी बनाइएको बताए ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना संक्रमण भित्रिन नदिन पूर्वसजगता अपनाइसकिएको बताउँदै आवश्यक सम्पूर्ण तयारी गरिएको बताईन । कोरोनाका सम्बन्धमा आवश्यकता भन्दा बढी अफवाह फैलाइने गरेको बताउँदै उनले जनतालाई आतंकित नहुने गरी यसतर्फ सचेतना जगाउनु सञ्चारमाध्यमको कर्तव्य भएको उल्लेख गरिन् । कास्कीका प्रजिअ रमेश केसीले कृत्रिम अभाव देखाएर अनावश्यक मूल्यवृद्धि गर्ने दुई औषधि पसललाई ५०/५० हजार जरिवाना सहित कारवाही गरिसकिएको बताउँदै यस्तो अवस्थालाई निरुत्साहित गर्न सर्वसाधारणमा सजगता एवम् सबैको सहयोग आवश्यक हुनेमा जोड दिए ।

गण्डकी प्रदेश अन्तर्गत म्याग्दी र कास्कीको पोखरामा पाँचजनाको कोरोना भाइरसको संक्रमणको आशंकामा परीक्षण गरिएकामध्ये पनि दुईजना संक्रमण मुक्त रहेका स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार पोखरा र म्याग्दीका एक एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरूको रगतको नमूना परीक्षणका लागि संघीय प्रयोगशाला काठमाडौँ पठाइएकामा रिपोर्ट नेगेटिभ आएको हो । तीमध्ये एकजना कोरियाबाट फर्किएका व्यक्ति हुन् । उनका अनुसार रिपोर्ट आउन बाँकी तीन जनालाई क्वारेन्टाइनमा राखिएकाले कोरोना भाइरसको संक्रमण भएका र शंकाास्पद व्यक्तिलाई राख्नका लागि पोखराका विभिन्न अस्पतालमा ७० श्ययाको ‘आइसोलेशन’ तयारी गरिएको छ ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कर्मचारी तथा मजदूर चीनबाट नै कोरोना सङ्क्रमण नभएको स्वास्थ्य प्रमाणपत्रसहित आएका उक्त अवसरमा जानकारी गराइयो । गण्डकी मेडिकल कलेजमा १५, मणिपाल शिक्षण अस्पतालमा १५, चरक मेमोरियल अस्पतालमा ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० श्ययाका आइसोलेशन वार्ड पिपिईको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइसक्नाका साथै तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार