देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना परिक्षण र उपचार निःशुल्क र दशैं बिदामा पनि सुचारु रहिरहनेछ : मन्त्री दुलाल

0

काठमाण्डौ – बागमती प्रदेशका सामाजिक बिकासमन्त्री युवराज दुलालले कोभिड-१९ को परिक्षण र उपचार साविक बमोजिम निःशुल्क रहिरहेको र दशैंको बिदामा पनि परिक्षण र उपचार सुचारु रहिरहने बताएका छन ।

मन्त्री दुलालले आफ्नो सामाजिक सञ्जाल फेसबूक मार्फत सो जानकारी दिएका हुन । “बागमति प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालबाट कोभिड-१९ को परिक्षण र उपचार साविक बमोजिम निःशुल्क रहिरहेको र दशैंको बिदामा पनि परिक्षण र उपचार सुचारु रहिरहने ब्यहोरा आम प्रदेश बासीमा जानकारी गर्दछु ।” मन्त्री दुलालले लेखेका छन् ।

नेपाल सरकारले आइतबारदेखि लागु हुने गरी संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्ने, सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिने व्यवस्था गरेको थियो ।

नेपाल सरकारको यो निर्णय यतिखेर चौतर्फी आलोचना भइरहेको बेला प्रदेश सरकारको यो निर्णय कार्यान्वयन भएको खण्डमा नागरिकमा केहि राहत मिलेको अनुभुत गर्नेछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार