देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना प्रकोप : चीनमा नियन्त्रणोन्मुख, युरोप र अमेरिकामा फैलिंदै

0

(काठमाडौं) – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या विश्वभर करीब दुई लाख पुगेको छ । विश्वका विभिन्न मुलुकमा गरी कुल एक लाख ८७ हजार ३ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ८ सय ३ जनाको मृत्यु भएको छ भने, थप १५ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ ।

विश्वभर बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ । संक्रमित मध्ये कुल ८० हजार ८ सय ४८ जना निको भएर घर फर्किएका छन् भने, अझै ९९ हजार ५० जना भन्दा बढी संक्रमितको उपचार भईरहेको विश्व स्वास्थ्य संगठनले छ । कोभिड–१९ चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने तीब्र रुपमा फैलिइरहेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १ सय ६० भन्दा बढी देशमा फैलिइसकेको छ । उपचारपछि निको हुनेहरुमा चिनियाँ नै धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ । थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् ।

चीनमा निको हुनेको संख्या करीब ६८ हजार रहेको छ । चीनपछि बढी प्रभावित यूरोपेली मुलुक इटालीमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ३ सय ४५ जनाको मृत्यु भएको छ भने, थप ३ हजार ५ सय २६ जनामा संक्रमण देखिएको छ । दुई हजार ५ सय ३ जना व्यक्तिको संक्रमणका कारण मृत्यु भईसकेको छ ।

बुधबार इरानमा पनि थप १ सय ३५ जनाको मृत्यु भएको छ भने, एक हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ । इरानमा बुधबार बिहानसम्म ९ सय ८८ जनाको मृत्यु भएको छ । इरानमा १६ हजार १६९ व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

इटालीपछि स्पेनमा सबैभन्दा बढी १ सय ९१ जनाको मृत्यु भएको छ । त्यस्तै थप एक हजार ८ सय ८४ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या ५ सय ३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सयभन्दा बढी रहेको छ ।

कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौंथो र यूरोपमा दोस्रो मुलुक बनेको छ । चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ । संक्रमणको प्रभाव यूरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ । अमेरिकामा संक्रमणका कारण बुधबार बिहानसम्म मृतकको संख्या १०९ पुगेको छ । ६ हजार ४ सय ८६ जनामा संक्रमण भेटिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार