देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना प्रकोप : भारतमा २ सय ८८ को मृत्यु

0

(काठमाडौं) – भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । भारतमा शनिबार एकैदिन ३९ जनाको ज्यान गएसँगै मृतकको संख्या २ सय ८८ पुगेको जाेन हप्किन्स विश्व विद्यालयकाे तथ्याङ्क छ । यस्तै ८ हजार भन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा बढी एक सय २७ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा संक्रमितको संख्या पनि एक हजार सात सय ६१ पुगेको छ । दिल्लीमा संक्रमितको संख्या एक हजार नाघेको छ ।

तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म २ सय ४२ जनाको ज्यान गएको र साढे ७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको जनाएका छन् । ६ सय ५२ जना भने उपचारपछि निको भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार