देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना प्रकोप : मृतकको संख्या एक लाख नाघ्यो

0

(काठमाडौं) – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म विश्वका विभिन्न मुलुकमा गरी भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख २ हजार ७ सय ५३ पुगेको हो ।

यसको संक्रमितको संख्या पनि दिनहुँ बढ्दो छ । विश्वका विभिन्न मुलुकमा गरी कोरोना संक्रमितको संख्या १६ लाख ९९ हजार ६ ससय ३१ पुगेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या ५ लाख ३ सय ९९ पुगेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या एक लाख ५८ हजार नाघेको छ ।

इटालीमा पनि संक्रमितको संख्या एक लाख ४७ हजार नाघेको छ । संक्रमितमध्ये करिब ३ लाख ७६ हजार भने निको भएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ । भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा शनिबार बिहानसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार ८ सय ४९ पुगेको छ । त्यस्तै अमेरिकामा पनि अहिलेसम्म १८ हजार ७ सय ७४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट स्पेनमा १६ हजार ८, फ्रान्समा १३ हजार २ सय १५, बेलायतमा ८ हजार ९ सय ७४, इरानमा ४ हजार २ सय ३२, चीनमा ३ हजार ३ सय ४०, बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ७ सय ६७, नेदरल्यान्ड्समा २ हजार ५ सय २०, ब्राजिलमा एक हजार ६८, टर्कीमा एक हजार ६ र स्विजरल्यान्डमा एक हजार २ जनाको मृत्यु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार