देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना प्रकोप : विश्वर संक्रमितको संख्या १० लाख नाघ्यो

0

(एजेन्सी) – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या १० लाख नाघेको छ । शुक्रबार बिहानसम्म प्राप्त भएको तथ्याङ्क अनुसार विभिन्न देशमा गरी कोरोना भाइरसको संक्रमितको संख्या १० लाख १५ हजार ६ सय ६७ पुगेको छ ।

यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । शुक्रबार बिहानसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार २ सय पुगेको छ । विश्वका लगभग सबै देशमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म ७ सय २४ जना नयाँ संक्रमित देखिएका छन् । संक्रमितको संख्या पहिलो एक लाख पुष्टि हुन झण्डै डेढ महिना लागेको थियो । तर गत एक सातामै संक्रमितको संख्या दोब्बर भएर त्यो दश लाख पुग्यो ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित पाइएका छन् भने मृत्युको संख्या इटलीमा उच्च छ । झण्डै एक चौथाइ संक्रमण अमेरिकामा पुष्टि भएका छन् भने युरोपमा आधाजसो संक्रमित छन् । शुक्रबार बिहानसम्म अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करीब ६ नाघेको छ ।

शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ६ हजार ७५ जनाको मृत्यु भएको छ भने २ लाख ४५ हजार भन्दा बढी संक्रमित भएका छन् । अमेरिकाको पनि न्युयोर्क राज्य र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्क सहरमा मात्रै शुक्रबार बिहानसम्म ४९ हजार ७ सय ७ जना संक्रमित भएका छन् भने एक हजार ५ सय ६७ जनाको मृत्यु भएको छ ।

बिहीबार मात्रै न्युयोर्क सहरमा थप ४ हजारमा संक्रमण देखिएको छ भने १८८ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ भने संक्रमितको संख्या एक लाख १५ हजार २ सय ४२ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार