देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना प्रकोप : स्पेनमा संक्रमितको संख्या इटालीमा भन्दा धेरै

0

(काठमाडौं) – स्पेनमा कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमण पुष्टि हुनेहरूको संख्यामा स्पेनले इटलीलाई उछिनेको छ । स्पेनमा संक्रमितहरूको संख्या १ लाख ८८ हजार पुगेको विवरण सार्वजनिक भएको छ ।

स्पेन, फ्रान्स र इटलीमा संक्रमितहरूको मृत्यु हुने क्रम बढ्दो छ । तर इटलीमा मृत्युको बढ्दो संख्या अघिल्ला दुई दिनमा भन्दा कम छ । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव बेहोर्ने युरोपेली मुलुकहरूको सूचीमा स्पेन अहिले दोस्रो स्थानमा छ ।

अधिकारीहरूका अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय ३२ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण त्यहाँ मृत्यु हुनेहरूको कुल संख्या ११ हजार १ सय ९८ पुगेको छ । सबैभन्दा बढी प्रभाव मड्रिडमा देखिएको छ । जहाँ हालसम्म ४ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन् ।

मड्रिड क्षेत्रका अध्यक्षका अनुसार गत मार्च महिनामा त्यहाँका स्याहार केन्द्रहरूमा करीब ३ हजारले ज्यान गुमाएका थिए र अहिलेको आँकडा सामान्य अवस्थाभन्दा करीब दुई हजार बढी हो । संक्रमणका कारण स्याहार केन्द्रहरूमा हाल कर्मचारी अभाव देखिएको बीबीसीले उल्लेख गरेको छ ।

गत महिना अवकाश प्राप्त मानिसहरू बस्ने निवासमा बसेकाहरूलाई सहयोग गर्न सेना बोलाउनु परेको थियो । उनीहरूले त्यहाँ वृद्ध बिरामीहरूलाई अलपत्र अवस्थामा भेटाएका थिए । कतिपयको ओछ्यानमै मृत्यु भइसकेको थियो । कोभिड १९ रोग तीन महिनाअघि मध्य चीनबाट फैलन सुरु भएको थियो । मृत्यु हुनेको संख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै नौ लाख मानिसले आफ्नो जागिर समेत गुमाएका छन् ।

अमेरिकामा बिहीवार बताइएअनुसार त्यहाँको इतिहासमै अहिलेसम्मको उच्च ६६ लाख मानिसले बेरोजगारी सुविधाका लागि निवेदन दिएको बीबीसीले उल्लेख गरेको छ । रुसमा यसअघिको म्याद थप्दै राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई एप्रिल अन्त्यसम्म कामबाट टाढा रहन भनेका छन् । ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यानककले एप्रिल अन्त्यसम्म दैनिक एक लाखको जाँच गर्ने लक्ष्य राखिएको जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार