देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना प्रभावितको उपचारका लागि ५० करोडको कोष स्थापना

0

(काठमाडौं) – सरकारले कोरोना भाइरसबाट प्रभावितको उपचारका लागि ५० करोड रुपैयाँको कोरोना उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँको कोरोना उपचार कोष स्थापना गर्ने गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सो कोषमा नेपाल सरकारका मन्त्रीहरुले आफ्नो एक महिनाको तलब योगदान दिने निर्णय गरेको जानकारी दिए ।

कोभिड-१९ को महामारी रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटर लगायत सामग्री खरिदका लागि ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

यो कोषको रकम कोरोना प्रभावित क्षेत्रमा पूर्वाधार तयार गर्ने, स्वास्थ्य सामग्रीको आपूर्ति गर्ने र आगामी दिनमा स्वास्थ्य सम्बन्धी सम्भावित जोखिमलाई निराकरण गर्ने गरी कार्यविधि बनाउने निर्णय भएको उनले जानकारी दिए । त्यस्तै अन्य सहयोगीहरुले पनि रकम जम्मा गर्न सकिन मन्त्री खतिवडाले जनाए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार